सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणाका लागि अन्तिम तयारी
बैशाख ,२५, २०८१
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा पूर्ण खोप सुनिश्चिता पालिका घोषण गर्नका लागि अन्तिम तयारीमा जुटेको छ ।
अन्तिम तयारीको खोप समन्वय समितिले आइतबारबाट अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक कार्यावाहक प्रमुख सरीता रावतको नेतृत्वमा विहीवार पूर्ण खोप सुनिश्चिता घोषणाका लागि पालिकाभित्रका विभिन्न वडाहरुमा पुगी अनुगमन गरेको थियो ।
गाउँमा गाउँपालिका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष सुशिला रोकाया (भाम)को,स्वास्थ्य सेवा कार्यालयका अनमी गीता लामा,संचारकर्मि लगायतको टोलीले सिमकोट गाउँपालिका १ देखि ८ वडा सम्मको १५ महिनासम्मका र १६ देखि २३ महिनाका बालवालिका राष्टिूय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरे नगरेको अनुगमन गरिएको हो । पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नका लागि अनुगमन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले जानकारी दिए ।
राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मिएको १५ महिना पुग्दा १३ प्रकारका रोग विरुद्धको खोप लगाइसकेको हुनुपर्ने छ । माघ, खोप सबै घरधुरी सर्वेक्षण गरी सबै बालवालिकालाई सबै खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।
पालिकाको प्रत्येक वडामा ३१ देखि ८ वटा खोपकेन्द्र स्थापना गरी नियमित रुपमा खोप कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो ।
त्यस्तै, पालिकाभरि ८ वटा खोप केन्द्रबाट नियमित रुपमा बालबालिकालाई खोप कार्यक्रम संचालन गर्दै आएको भण्डारीले बताए । नियमित रुपमा लगाउनु पर्ने खोप छुटेमा निमोनिया, दादुरा, झाडापखाला, अपाङ्ग हुने लगायतका विभिन्न रोगहरु लाग्ने भएकाले नियमित रुपमा लगाउनुपर्ने खोप छुटाउन नहुने उनको भनाइ छ । वडा खोप समन्वय समितिको बैठकले सबैले खोप लगाएपछि पालिकासँग पूर्ण खोप सुनिश्चितता घोषणा गर्न अनुमति लिएपछि वडा घोषणा भएको बताए ।
त्यस्तै, पालिका घोषणा गर्दा जिल्ला खोप समन्वय समितिले अनुमति दिनुपर्ने प्रावधान छ । सोहि अनुमति प्रदान गर्नका लागि जिल्ला खोप समन्वय समितिको टोलीले आइतबार पालिकाभित्रका वडाहरुमा अनुगमन गरिएको हो । खोप समन्वय समितिले अनुगमन गरेर पूर्ण खोप लगाइएको भेटिएसँगै पूर्णखोप सुनिश्चिता घोषणा गर्न भएको छ । यहि बैशाख २७ गते पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने तयारीमा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।