चीन सरकारले नाम्खालाई २ करोड बढि वस्तुगत सहयोग
बैशाख २७, २०८१
सिमकोट । उत्तरको छिमेकी मुलुक चीनले हुम्लासँग सिमाना जोडिएको नाम्खा गाउँपालिकालाई वस्तुगत (खाद्यान्न र सोलार) सहयोग गरेको छ । चीनसँग सिमाना जोडिएका स्थानीय तहका नागरिकलाई वर्षेनी दिदैं आएको वस्तुगत सहायता अन्तरगा चीनले उक्त सहयोग गरेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिनुभयो ।
अध्यक्ष लामाका अनुसार चीन सरकारले नाम्खालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनद्वारा सीमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोगअन्तर्गत यो सहयोग उपलब्ध भएको बताएको छ ।
अध्यक्ष लामाका अनुसार चीन सरकारले वस्तुगत सहायता अन्तरर्गत २५ किलोग्रामका १ हजार बोरा चामल, २५ केजीकै १ हजार बोरा मैदा,२५ केजीकै १ हजार बोरा चिनी, दश केजीको १ हजार प्याकेट नुन र २ सय ५० कार्टुन तेल गाउँपालिकालाई हस्तान्तरण गरेको छ । ‘मित्रराष्ट्र चीनले प्रदान गरेको सबै वस्तुगत सहायतालाई गाउँपालिकाले १ देखि ५ वडाकामा वितरण गरिएको छ ।’ पालिकाको निर्णय अनुसार वडा नम्बर १ देखि ५ का स्थानीय बासिन्दालाई एक÷एक बोरा चामल, मैदा, चिनी, दश केजी नुन र पाँच लिटर तेल वितरण गरिएको बताए ।
नाम्खा गाउँपालिकामा ९३८ घरधुरी छन् । चीनले प्रदान गरेको पाँच केभीको सोलार दुई स्थान र दुई केभीको सोलार चालीस स्थानका लागि उपलब्ध भएको छ । सिमा क्षेत्रका वासिन्दालाई गर्ने वस्तुगत सहायता अन्तरगत यो वर्ष चीनेले नाम्खालाई प्रदान गरेको खाद्यन्न र सोलार सहयोग प्रति नाम्खा गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।