उर्जा मन्त्री परियार द्वारा घाईते हरि बहादुर बादी घाइतेसँग भेट
असार २४,२०८१
सुर्खेत । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रनसिंह परियाले माया नसिंह होममा उपचार गराइरहेका माओवादी केन्द्रका नेता तथा नेपाल दलित मुक्ति मोर्चा जिल्ला संयोजक हरि बहादुर बादीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गएको केहि हप्ता अघि नेपालगन्जबाट सुर्खेत आउने क्रममा सवारी साधानमा घाइते भएका थिए ।
स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उर्जा मन्त्रीले पुन जन्ममा पाएकोमा हाम्रो बाट जेजति सहयोग हुन्छ आफु बाट हुने आश्वसन दिए । दलित आन्दोलनका एक कुशल नेता भएको भन्दै आगिम दिनमा अझेै बढ्न निर्देशन दिनु भयो । यहाँ आउने विरामी लाई सहजरुपमा उपचार गरेको माया नसिंह होमले उत्कृष्ट काम गरिरहेको बताए ।
उर्जा मन्त्रीले घाईते बादी लाई पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । घाइते नेता बादीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।