अबरुद्ध सडक खुलाउँदै खार्पुनाथमा पुगे मालबाहक ट्रक

फिल्को मिसन

साउन १७,२०८१
सिमकोट । पहिरोका कारण अबरुद्ध बनेको कर्णाली करिडोर सडकखण्ड ३२दिन लगाएर हुम्लाको खार्पुनाथमा पुगको छ ।
असार महिनाको अन्तिम हप्तादेखि निरन्तर वर्षा पछि अवरुद्ध भएको कर्णाली कोरिडोर अन्र्तगत हुम्ला सडक खण्ड सञ्चालनमा आएको छ । अवरुद्ध भएको सडकखण्डका विभिन्न स्थानमा सवारी चालक आफैले मर्मत गर्दै खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानमा पुगेका छन् ।
नेपालगञ्जदेखि ३२ दिन लगाएर मालबाहक ट्रक खार्पु दोभानमा पुर्याएको सवारीचालक खुसिराम थारुले बताए ।
अविरल वर्षाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा सवारी चालक र सहचालक मिलेर मर्मत गर्दै आइपुगेको खार्पुनाथमा आइपुगेको चालक थारुले बताउनुभयो । सलीसल्लासम्म अवरुद्ध भएका विभिन्न सडक खण्डमा आफुहरु सबै मिलेर ढुंगामुढा, माटो पन्छाउदै आएको सवारीचाकल थारुले बताउनुभयो । अवरुद्ध भएका कर्णाली कोरिडोर सडक सम्बन्धित निकाय सडक विभाग र यहाँका स्थानीय तहले कसैले चासो नदिएको उहाँको भनाई छ ।
यस्तै सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न ११ दिन लागेको सवारी चालक थारुले बताउनुभयो । सलीसल्लादेखि खार्पु पुग्न विभिन्न ठाउँमा सकड अवरुद्ध भएको र त्यो मर्मत गर्दै आउँदा ्ठयाक्कै ११ दिन लागेको उहाँले बताउनुभयो ।
यस्तै अर्का सवारी चालक टोपेन्द्र महतका अनुसार, अवरुद्ध भएको सडक २२ वटा सवारीका सवारी चालक र २२ जना सहचालक मिलेर अवरुद्ध सडक मर्मत गर्दै आएको बताउनुभयो । ठाउँ ठाउँमा अवरुद्ध भएको सडक खुलाउदै जसोतासो खार्पुदोभानमा पुगेको सवारी चालक महतको भनाई थियो । जिल्लाको लेप्चे नजिक अवरुद्ध भएको एक ठाउँको सडक मात्रै नेपाली सेनाले खुलाइ दिएको अन्य सबै ठाउँमा अवरुद्ध भएका सडक आफुहरु मिलेर खुलाउँदै आएको बताउनुभयो । सम्बन्धित निकायले कुनै चासो नदिदा विभिन्न ठाउँमा अवरुद्ध भएको सडक खुलाउन चालकहरुले सडक मर्मत आएका छन् ।
नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकले विभिन्न दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरेर ल्याने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस