नाम्खाको याल्वाङमा खानेपानी निमार्ण, १२ सय जनालाई सुविधा

फिल्को मिसन

भाद्रा ११,२०८१
नाम्खा । हुम्लाको नाम्खा गाउँपालिका ४को याल्वाङ गाउँमा १२ सय भन्दा बढी जनसंख्यालाई खानेपानी उपलब्ध गराएको छ । वर्षौँदेखि खोलाको खानेपानीको समस्या झल्दै आएका हुम्लाको नाम्खा गाउँपालिका ४ याल्वाङका बासिन्दा गाउँमा एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् ।


खानेपानी तथा सुशा परियोजना,नाम्खा गाउँपालिका र स्थानीयबासिन्दा सयुक्त लगानिमा एक करोड १८लाख ७८हजार २सय २९.रुपायँँ ८९पैसा सहयोगमा उक्त गाउँमा खानेपानी निर्माण सम्पन्न भएको सुसाका वास कार्याक्रममा प्राविधिक सर्हजकर्ता कार्वु लामाले बताए । वास कार्याक्रमले निर्माण गरेको ‘एक घर, एक धारा’ खानेपानी आयोजनाबाट घर–घरमा खानेपानीको सुविधा पुगेपछि पानी लिनका लागि खोलामा धाउने समस्याबाट यहाँका बासिन्दा मुक्त भएका हुन् । आयोजनाबाट गाउँका ८५घरधुरी लाभान्वित भएका छन् ।
नाम्खा गाउँपालिका केन्द्र याल्बाङका लागी निर्माण भएको खानेपानीको अनुगन जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, सुरक्षाकर्मी द्धारा गरिएको छ ।

                                        खानेपानी योजनाको अनुगमन

छातेसी खानेपानी तथा सरसफाइ स्वच्छता योजनाको गाउँपालिकाको टोलीले स्थलगत रुपमा अनुगमन गरेको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा र उपाध्यक्ष तक्दिर लामा लगायतको टोलीले उक्त खानेपानी अनुगमन गरिएको जनाएको छ ।
नाम्खा गाउँपालिका केन्द्र याल्वाङका लागि निर्माण गरिएको खानेपानी आयोजनाको अवस्था र दिगोपनाबारे जानकारी लिन अनुगमन गरेको सुसाबा वास संयोजक दन्त बहादुर शाहीले बताए । टोलीले आरविटी, इन्टेक र धाराको अनुगमन गरेको थियो ।
यसका लागि खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना ( सुसा) एक करोड १८ लाख रुपैयाँ लगानी गरेको हो। यसबाट ८५ धारा निर्माण भएर एक हजार २५० जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन्।


अनुगमन गर्न एकदेखि ६ वटै वडाका वडाध्यक्षहरु सुनाम लामा, समक्याप लामा, ग्याम्जो लामा, लाता लामा, पाल्जोर लामा र पाल्जोर तामाङ, निमित्त प्रशासकीय अधिकृत मोहनबहादुर शाही, पत्रकार महाँसंघ हुम्लाका अध्यक्ष राजन रावत,सुसाका कर्मचारी वास संयोजक दन्त शाही, प्राविधिक सहजकर्ता लगायत सञ्चारकर्मी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस