कर्णाली करिडोरको खार्पु सनुखाडा सडकखण्डः अवरुद्ध

फिल्को मिसन
जनक शाही/ फोटो

भदौं,२०,२०८१
सिमकोट । कर्णाली करिडोर अन्र्तगत हुुम्ला जिल्लाको खार्पु सनुखाड सडकखण्ड अवरुद्ध भएको छ ।
निरन्तर वर्षासंगै माथिबाट आएको पहिरोका कारण खार्पु सुनखाडा सडकखण्ड पुन अवरुद्ध भएको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष भरत सिंहले बताए । दश दिन अघि सञ्चालनमा आएको सडकखण्ड पुनः अवरुद्ध भएका उपाहध्यक्ष सिंहले जानकारी दिनु भयो । केहि दिन अगाडि नेपाली सेनाद्धारा उक्त सडकखण्ड खोलेको थियो । तर लगातर बर्षाले गर्दा सुनसाखाडा सडक खण्ड, सिमकोट गाउँपालिका अन्र्तगत ५ नम्बको थलहाल तली मेहेल बिसौनामा पहिरो गएकोले सडक अबरुद्ध भएको छ ।

                                                                                           जनक शाही/ फोटो

सर्केगाडबाट सिमकोट आवत जावतमा यातायातका साधनत के पैदल हिड्ने बटुवालाई समेत समस्या भएको छ उक्त ठाउँमा माटो हालेर सडक सञ्चालनमा ल्याइएको थियो । झरीका कारण सडक हिलाम्मे हुँदा सवारी साधन फसेर पुन अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस