बालमन्दिर माविले मनायो ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस
भदौैं २०,२०८१ विहीबार
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट माथिल्लो बजारस्थित रहेको बालमन्दिर माध्यमिक विद्यालयले विहीबार ३७औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । । विद्यालयले विविध सांस्कृतिक, शैक्षिक कार्यक्रमहरुको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको बालमन्दिर माविका कार्यरत शिक्षिका मधु शाही बस्नेतले बताईन् ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीहरुको आकर्षण बढाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले शिक्षाको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको समान दायित्व भएपनि शिक्षक विद्यार्थीको पठन पाठन प्रति निगरानी बढाउने कार्यमा अभिभावक क्रियाशिल हुनुपर्ने जोड् दिए ।
आजका बालबालिका भोलिको देश विकासका लागि कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा हुने लगानी खेर नजाने भएकाले बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक लगानी गर्नुपर्ने विशिष्ट अतिथि सिमकोट गाउँपालिकाउपाध्यक्ष सुशीला (बाम)रोकायाले बताईन् ।
कार्यक्रममा सिमकोट सिमकोट गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया,शिक्षा शाखा प्रमुख बर्ख बहादुर फडेरा लगायतका व्यक्ताहरुले आफनो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालयको समग्र गतिविधि, आर्थिक तथा शैक्षिक अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । गएको आ.व.२०८०/०८१ बर्षको विद्यालयको १ करोड ४७ लाख ४२ हजार ४सय ४८रुपायाँ ३३ पैसा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रमबीच विद्यार्थीले विभिन्न गीत एवं सांस्कृतिक प्रस्तुति राखेका थिए भने त्यस्तै विद्यार्थीका प्रतिभाको कदर गर्दै विभिन्न पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), अथितिमा उपाध्यक्ष शुसिला (बाम)रोकाया , सिमकोट गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, विभिन्न कार्यालयका प्रमुख, सिमकोट गाउँपालिका वडाका वडा अध्यक्षहरु सहित अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।