उच्च हिमाली जिल्ला हुम्लाको सिमकोटमा लामखुट्टेको बिगबिगी
भर्दौ ३०,२०८१ आइतबार
हुम्लामा । गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे अहिले उच्च हिमाली जिल्ला हुम्लाको सिमकोटमा देखिएको छ । सदरमुकाम सिमकोटमा लामखुट्टेको बिगबिगी उच्च देखिएको छ । जलवायु परिवर्तनका कारण हिमाली भेगमा समेत लामखुट्टेको प्रकोप देखिन थालेको हो । नेपालगन्ज र सुर्खेतबाट दैनिक उडान हुने हवाईजहाज द्धारा सामान ढुवानी गर्दा हुनसक्ने अनुमान गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा पछिल्लो वर्ष यता लामखुट्टेले टोक्न थालेको स्थानीयले बताएका छन् ।
जलवायु परिवर्तनकै कारण विभिन्न रोग देखि परेको छ । वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वीको कुनै पनि भागको मौसममा हुने परिवर्त कारणले नै जलवायु परिवर्तन हो । पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यास घटबढ भएमा जलवायु परिवर्तन हुने मौसमविज्ञ बताउँछन् । हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन र मिथेनजस्ता ग्यासको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भएर र हतिरगृहको ग्यास बढ्न पुग्दा पनि जलवायु परिवर्तन हुन्छ । जलवायुमा भएको परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत नराम्रो असर देखिन थाले वातावरण विज्ञले बताएका छन् ।
लामखुट्टेृको टोकाइबाट बच्नको लागि सिमकोट बजार क्षेत्र मानिसहर लाई समस्या पारेको छ । विशेष गरी गर्मी तिर मात्रै पाइने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ ।सुरु सुरुमा हवाईजहाज मार्फत आएका लामखुट्टेहरु यहीको वातावरणसँग घुलमिल हुँदै गएसँगै यसको संख्या बढ्दै गएको स्थानीयले अनुमान छ ।जलवायु परिवर्तनको असरले तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाच्न सक्ने लामखुट्टे हिमालको ४हजार मिटिरमा पाउने गरेको छ ।
सिमकोटमा दिनको तापक्रम ८ देखि १५ डिग्री सेल्सियससम्म पुग्ने गरेको भएपनि लामखुटे चिसोमा पनि समायोजन गएको हुन सक्ने अनुमान गरेको छ । प्राकृतिक एवं मानवीय दुबै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् ।
सिमकोट गाउँपालिका २ निबासी जंग बोहराका अनुसार यो बर्ष वर्षासँगै लामखुट्टेको संख्या बढदै गएको बताए । रातिको समयमा आफु सुतेको बेलामा लामखुट्टेले टोक्ने गरेको उनी बताउछन ।