सुनखानी आधारभूत विद्यालय नयाँ भवनमा

फिल्को मिसन

भदौ ३१,२०८१
हुम्ला । हुम्लाको उतरीे नाम्खा गाउँपालिका– ६, हल्जीस्थित सुनखानी आधारभूत विद्यालय भवन सरेको छ । विद्यालयको नयाँ भवनमा ९ करोड रुपैयाँको लागतमा अमेरिकाको आत्मी संस्थाले निर्माण सम्पन्न गरेको छ । उक्त दुई ओटा दुई तले नयाँ विद्यालय भवनमा सोह्र कोठा रहेका छन्।
अमेरिकाको आत्मी संस्थालद्धारा निर्मित सुनखानी आधारभूत विद्यालय भवनको एक समाराहो विच सम्पन्न भएको हो ।भवनको एक कार्यक्रमकाबीच नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले शिक्षा, स्वास्थ्य,संचार,सहित पर्यटनमा जोड दिदै अन्तिम समयसम्म आफुले समाजसेवामा समर्पित भएर लाग्ने बताए ।
कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष विष्णु लामा वडानं ६का वडाअध्यक्ष पाल्जोर तामाङ लगायतले बोल्दै जिर्ण अबस्थामा रहेको विद्यालय नयाँ भवन बनेपछि सहजता हुने बताए । जीर्ण भवनमा पढ्दै आएका विद्यार्थीहरुले अत्याधुनिक कक्षाकोठामा अध्ययन गर्ने पाउने भएका छन् । विद्यालयमा बालविकास देखि कक्षा ८ सम्म संचालनमा रहेको छ भने जम्मा ३०जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस