संविधान दिवसःमाओवादी केन्द्र हुम्लाले सिमकोट बजार सरसफाइ
असोज ४,२०८१
हुम्ला । संविधान दिवसको अवसरमा हुम्लाको सदरमुकाम सिमकोट बजार सरसफाइ गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला पार्टी हुम्लाले सिमकोट माथिल्लो बजार क्षेत्रमा सरसफाइ गरिएको हो।
संविधान दिवस दोस्रो दिनमा नेकपा माओवादी केन्द्र जिल्ला पार्टी हुम्लाले सरसफाइ अभियान चलाइएको माओवादी केन्द्र हुम्लाका सचिव धर्मराज बोहरा विज्ञनले बताए । उनले भने नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज हुम्लाका छिमीर्दोजे लामा ‘आशाकार’ अगुवाइमा रहेको माओवादी जिल्लास्तरका नेता कार्यक्रमताले सिमकोटको माथिल्लो बजार खानेपानी कार्यालय देखि एअरर्पोट चोक हुँदै लोकतान्त्रिक चोकसम्म सडकमा रहेका फोहर संकलन गरेको जानकारी दिनु भयो।
माओवादी जिल्ला इन्चार्ज आशाकारले संविधान दिवसका अवसरमा बजार सरसफाइ आयोजना गरिएको बताउँदै बजार सरसफाइ,संरक्षण सबैको दायित्व भएको र मुख्य प्रर्यटनको क्षेत्र भएकोले हामी सबैले चासोको बिषय भएकोले हामी लाग्नु पर्ने बताए।
सिमकोट बजार सरसफाईमा माओवादी केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’,प्रदेश कमिटिका सदस्यहरु,पूर्व जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत,जिल्ला कमिटिका सदस्य तथा कार्याक्रमता लगायतका सहभागी भएका थिए ।