हुम्लामा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु
असोज १६, २०८१
हुम्ला । दशैंको अवसरमा घर लिपपोत गर्ने माटो खन्न गएका दुई जनाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । हुम्लाको ताँजकोट गाउँपालिका–३ रामागाउँका ध्रुव शाही र सोही गाउँकी २४ वर्षिया मनसरा मल्लको आज बिहान मृत्यु भएको नेपाल रेडक्रस शोसाइटी ताँजाकोट उपशाखाका सभापति धर्म जैसीले बताए
मृत्यक शाही ताँजाकोट गाउँपालिका रोजगार शाखाका प्राविधिक सहसंयोजक समेत रहेका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए । उनका अनुसार सँगै माटो लिन गएका वडा नम्बर ३ रामा गाउँकै लालबहादुर शाही घाइते भएका छन् । उनको उपचारका लागि मैला स्वास्थ्य चौकीमा लगिएको छ । दशैको अवसरमा घर छिप्ने सेतो कमेरो माटो खन्ने क्रममा माटोको ढिस्को पुरिएर दुवैजनाको ज्यान गएको हो । कमेरोको माटो लिने क्रममा अर्का लालबहादुर शाही पनि छोपिदा उनि सामान्या घाइते भएका छन् ।