सिमकोटमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता :२६ स्वर्णसहित मानसरवर प्रथम
असोज १९,२०८१
हुम्ला । हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिका स्तरिय भएको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । असोज १६गतेबाट सञ्चालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
शनिबार सम्पन्न छैटौं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा स्वर्ण पदक सहित मानसरवर माध्यामिक विद्यालय सिमकोट बिजयी भएको भएको छ।
त्यस्तै स्वर्ण सहित बालमन्दिर माध्यामिक विद्यालय दोश्रो भएको छ भने कैलाश माध्यामिक विद्यालय तृतीय भएको आयोजक रलिङ्ग माध्यमिक विद्यालयका शिक्षक सुर्यमणी बोहराले जानकारी दिए ।
१४ स्वर्ण, ४ रजत र ८ कास्य गरि २६ पदक प्राप्त गरी मानसरोवर माध्यामिक विद्यालय प्रथम, ८ स्वर्ण, ५ रजत, ८ कास्य सहित २१ पदक प्राप्त गरी बालमन्दिर मावि दोस्रो र २ स्वर्ण, ३ रजत, ६ कास्य ११ पदक प्राप्त गरी कैलाश माध्यामिक विद्यालय चौगनफया तेस्रो भएको आयोजक समितिका शिक्षक बोहराले बताए ।
त्यस्तै छात्रतर्फको भलिबल प्रतियोगितामा कर्णाली मावि पहिलो,कैलाश मावि बालमन्दिर मावि दोस्रो भएको छ । त्यस्तै छात्रतर्फको भलिबल प्रतियोगितामा कर्णाली मावि पहिलो,कैलाश मावि बालमन्दिर मावि दोस्रो भएको छ ।
त्यस्तै छात्रातर्फको भलिबल प्रतियोगितामा बालमन्दिर मावि पहिलो,कैलाश मावि कैलाश मावि दोस्रो भएको छ ।
सिमकोट गाउँपालिका स्तरीय माध्यामिक विद्यालयको राष्ट्रपति रनिङ शिल्डमा पालिका भित्र रहेका सातवटा माध्यामिक विद्यालयले सहभागीता जनाएका थिए । प्रथम हुने विद्यालयलाई १५ हजार, दोस्रो १२ हजार र तेस्रो हुने विद्यालयलाई ९ हजार पुरस्कार सहित विभिन्न शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । भलिवल खेलमा उत्कृष्टमा कैलाश माध्यामिक विद्यालयका छात्रमा मनिश सुनार छनोट भएका छन् भने छात्रातर्फ बालमन्दिर माध्यामिक विद्यालयकी प्रकृति महत परेको जनाएको छ ।
यस्तै एथलेष्टिक तर्फ उत्कृष्टमा मानसरोवर माध्यामिक विद्यालयका छात्र खगेन्द्र शाही र छात्रातार्फ बालमन्दिर माध्यामिक विद्यालयका तुलसी बोहरा भएको आयोजक समितिले बताएको छ ।
रलिङ माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीको अध्यक्षतामा र जिल्ला समनवय समितिका उपप्रमुख दलु फडेरा ‘सन्जय’को प्रमुख आथित्यका साथै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) को विशेष आथित्यमा उक्त राष्ट्रपति रनिङशिल्ड संचालन भएको थियो । तेसै गरि समापन कार्यक्रममा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय लगायत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थित रहेको थियो ।