दुई नयाँ दललाई निर्वाचन आयोग मान्यता दियो

फिल्को मिसन

२०७८भाद्रा,१०विहीबार
कठमाण्डौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टीलाई प्रमाणपत्र दिएको छ । एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले हिजो राति प्रमाणपत्र प्रदान गरेको हो ।
प्रमाणपत्र प्राप्त गरेसँगै अब दुबै नयाँ दलले मान्यता पाएका छन् । दल विभाजनका लागि ल्याएको अध्यादेश अनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याएपछि आयोगले प्रमाणपत्र दिएको हो । निर्वाचन आयोगले हिजो नेपाल र ठाकुर दुवै पक्षलाई आयोगमा सनाखतका लागि बोलाएको थियो । पार्टी विभाजन गरी समाजवादी पार्टी गठन गर्न एमालेका ५४ जना केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेपछि आयोगले नयाँ पार्टीको मान्यता दिएको हो ।
दल विभाजनका लागि साविक एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले भदौ २ गते निर्वाचन आयोगमा आवेदन दिएका थिए । त्यसमध्ये आयोगले ५५ जनाको नाम सनाखतका लागि सार्वजनिक गरेको थियो । नयाँ दल बन्नका लागि ४१ जना मात्रै केन्द्रीय सदस्य आवश्यक पर्ने अवस्थामा माधव नेपाल नेतृत्वको समाजवादीका पक्षमा १३ जना बढी केन्द्रीय सदस्य उपस्थित भएका हुन् ।
झलनाथ खनाल बाहेक अरु सबै सांसदले आयोगमै उपस्थित भइ विभाजनको पक्षमा सनातख गरेका थिए । खनाललाई दूतावासमार्फत भर्चुअल माध्यमबाट सनाखत गराइएको हो । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी बनाउन साविक जसपाको १४ जना सांसद र १७ जना केन्द्रीय कार्याकारिणी परिषदका सदस्य उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस