कोरोनाबाट धादिङका न्यायाधीश पौडेलको निधन

फिल्को मिसन

२०७८ जेठ २१ शुक्रबार
काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।कोरोनाबाट संक्रमित पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पुनरावेदन अदालत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए ।

प्रतिक्रिया दिनुहोस