सुस्तश्रवण भएका गंगविर ऐडीले पाए डिजिटल श्रवणयन्त्र

फिल्को मिसन

असार ८, २०८१ शनिबार
सुर्खेत । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका ५ निवासी गगविर ऐडी लाई कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रनसिंह परियाले श्रवणयन्त्र (कक्लियर इम्प्लान्ट) सहयोग गरेको छ । सुस्तश्रवण भएका ७१ बिर्षयी ऐडी लाई व्यक्तीगतरुपले उर्जा मन्त्री परियाले डिजिटल श्रवणयन्त्र सहयोग गरेको प्रदान गरेका हुन् । मन्त्री परियाले आफनै कार्याकक्षमा उक्त ऐडीलाई कानको श्रवण क्षमता कमभएकोले सो श्रवणयन्त्र वितरण गरेको हो।


सो यन्त्र दुर्गम गाउँ दुर्पाका ज्येष्ठ नागरिक ऐडी उपचार गर्न सुर्खेतमा आएका वेलमा सहयोग गरेको प्रमुख सचिव तुल बहादुर शाही (अटल)ले बताए। यन्त्रको खोजीमा रहेका ज्येष्ठ नागरिक ऐडीले यो यन्त्र पाएपछि खुसी व्यक्त गरे । “आफु कान नसुन्ने अबस्थाको थिएँ मन्त्री ज्यूले मेरो लागि ठुलो जिवनमा नभुल्ने गुन लगाउनु भयो । म नयाँ जिवन पाएँ । ” उर्जा मन्त्री परियार लाई प्रगतिको शूभकाना दिए । सुस्तश्रवण शक्ति भएका ऐडी लाई एक आधुनिक यन्त्र मस्तिष्कसँग जोडेर सुन्न सकिने राहत भएको छ ।

प्रतिक्रिया दिनुहोस