विजय गच्छदार १० लाख धरौटीमा रिहा

फिल्को मिसन

२०७८असार ३० बुधबार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार १० लाख रुपैयाँ धरौटी रिहा भएका छन् ।
ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका गच्छदारलाई १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको अधिवक्ता ललित बस्नेतले बताए । विशेष अदालतमा बुधबार भएको थुनछेक बहसपछि उहाँका धैरैटीमा छोडका छन । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीश अब्दुल मुसलमान र नित्यनन्द पाण्डेयको इजलासमा बुधबार भएको थुनछेक बहसमा वकिलहरुले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने माग गरेका हुन् बहसअघि गच्छदारसँग अदालतमा ११ बजेदेखि २ बजेसम्म ३ घन्टा बयान लिइएको थियो । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस