कार्यदल भंग गर्दै सकियो एमाले स्थायी कमिटी बैठक,एकताको १० बुँदा अनुमोदन

फिल्को मिसन

२०७८ साउन १ गते शुक्रबार

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले कार्यदल अनुमोदन गर्दै कार्यदललाई धन्यवाद दिएको छ । कार्य दलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताए।
त्यस्तै, बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सो निर्णय पालना गर्न पनि पार्टीका प्रतिनिधिसभाका सदस्यहरुलाई निर्देशन दिएको पनि पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिए। अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभाका सदस्यहरुलाई यस निर्णयको पालना गर्न निर्देशन दिइएको छ।

Press Statement Standing Committee Saun 1

 

 

प्रतिक्रिया दिनुहोस