कोरोनाबाट जीवनरक्षा गर्नु सरकारको पहिलो प्राथमिकतारहेको प्रधानमन्त्री देउवा भनाई

फिल्को मिसन

२०७८श्रावण ६गते बुधबार

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना माहारीमाबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको आज उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताउनुभयो । उनले मुलुकमा विकासलगायत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गरे । उनले सबै नागरिकलाई खोपको पहुँचमा पुर्याउने प्रतिबद्धता दोहोर्याए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजी क्षेत्रलाई आह्वान पनि गरे ।अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नु भयो ।
यस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि कोरोना खोपसँगै सरकारले राहतको प्याकेज ल्याउने बताउनुभयो । उहाँले कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सभ्भावनाको बाटो समेत देखाएको बताउनुभयो ।

कोभिडले आत्मनिर्भरताको बाटोतर्फ जान सिकाएको भन्दै मन्त्री शर्माले यो बेला निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो । शर्माले सरकारले आयात निरुत्साहित गर्दै निर्यातमा जोड दिने भन्दै त्यसका लागि प्रदेशस्तरमा साना उद्योग र त्यसलाई जोड्ने ठूला उद्योग निर्माण अबको प्राथमिकता भएको पनि उल्लेख गर्नुभयो । उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एसियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताए । त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सचिश कुमार मोरले कोरोना महामारीका कारण निजि क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस