एमालेबाट सिंगो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेस

मन्दिर सिह

२०७८श्रावण १९,मंगलबार
हुम्ला । सिमकोट गाउँपालिका –७ डाँडाफयाको सिंगो एमाले पार्टी कमिटी माओवादी केन्द्रमा समाहित भएको छ । मंगलबार एक कार्यक्रम विच एमालेका वडा कमिटिका अध्यक्ष हिरा बहादुर लगाएत माओवादी केन्द्रमा प्रवेश गरेको छन । मंगबार एक कार्यक्रम विच माओवादी केन्द्र हुम्लाका ख प्रदेशका इन्र्चाज महेन्द« बहादुर शाहीले पार्टी प्रवेश गराएका माओवादी केन्द्र हुम्लाले बताएका छन ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेका वडाकमिटि अध्यक्ष हिरा बहादुर शाही लगायत दुई सय जना रहेको माओवादी केन्द कार्यालय सचिव विनोद विकले जानकारी दिए । माओवादी केन्द«का कार्यालय सचिव विकका अनुसार एमालेबाट ७ जना माओवादीमा प्रवेश अनिल शाही,दोज बहादुर शाही,कालु सिंह, भैर सिंह,मान बाहदु शाही, धर्मराज शाही र गणेश सिह गरेका हुन ।

एमाले परित्याग गरि माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै हुम्लाका ख प्रदेशका इन्र्चाज महेन्द« बहादुर शाहीले एमाले परित्याग गरि माओवादीमा आएका नवप्रवेसीहरुलाई स्वागत गर्नुभयो । उनले भने ‘एमालेले सँग चुनावी तालमेल गरेर दुई तिहाईको बहुमत बनेको पूर्व प्रधामनमन्त्रि केपी ओलीको सरकार आफ्नो परिचय देखाई सकेकाले अब एकमात्र परिवर्तनकारी शक्ति माओवादी रहेकाले माओवादीमा गोलबन्द हुन सबैलाई आव्हान गर्नुभयो ।’

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व एमाले वडाकमिटी अध्यक्ष हिरा बहादुर शाहीले लामो सयमा एमालेमै रहेर पनि पार्टी नेतृत्व गर्ने पक्तिले हामी लाई विश्वास नमानैर हामी लाई छाता पार्टी भनेकै माओवादी केन्द्रमा लागेको बताउनु भयो । कुनेै स्वार्थको लागि नभई बैचारीहिसाबले आफु लगयातका ७ जना माओवादीमा लागेको बताए । भने अर्का नवप्रवेसी भैर सिहले एमाले पार्टी भनेको प्रतिगामी पार्टी भएकाले परिवर्तनको लागि माओवादी रोज्न आफूहरु बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस