सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार

फिल्को मिसन

2०७८ साउन २२ शुक्रबार
काठमाण्डौैै ।सत्ताररूढ गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । गठबन्धनको कार्यदलले सरकारका प्राथमिकता सहितका कार्यक्रम तयार पारेर शिर्ष नेताहरुलाइ बुझाएको हो ।
प्रतिवेदन अनुसार अब कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, आगामी असोज सम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्त सम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निशूल्क खोपको व्यवस्था गर्ने नीति सरकारले लिएको छ ।
स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन र प्रोत्साहन भत्ता उपलब्ध गराउने, खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने नीति लिइने उल्लेख छ । राष्ट्रिय हितको सम्बर्धन, देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको जीऊधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीति आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने र देशको स्वाभिमानको रक्षा गर्ने बिषय प्राथमितामा हुने नीतिमा उल्लेख छ । सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको बिषय प्राथमितामा छ ।
प्रतिबेदनका अनुसार सरकारले संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने गरि काम गर्ने छ । यस्तै शान्ति प्रकृयालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूबीच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने , सङ्घीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरण तथा आवश्यक र विचाराधीन विधेयकहरू संसदमा प्रस्तुत गर्ने बिषय सरकारको प्राथमिकतामा पर्ने छ । उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र भ्रष्टाचारको छानबीन र कारबाहीका लागि अग्रसरता लिने, बाढी, पहिरो तथा डुवानमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा जोड दिने बिषय प्राथमिकतामा छ ।
                                            यस्तो छ सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रम

 CMP-of-Coalition-Govt-2078-1

प्रतिक्रिया दिनुहोस