माधव लाई एमालेको अभिलेख बाट हटाउने निर्णय

फिल्को मिसन

२०७८भाद्र,११ शुक्रबार
काठमाडौं । नेकपा एमालेमा माधव कुमार नेपाल लगायतको अभिलेख हटाइने निर्णंय गरेको छ । विहिबार तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ,’ उनले भने, ‘कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ।’
यस्तै निर्वाचन आयोगबाट सनाखत गर्ने क्रममा विवादास्पद निर्णय भएकोमा त्यसविरूद्ध कानुनी लडाइँ लड्ने पनि एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस