सुदूरपश्चिममा रावल र भट्ट निकट कार्याकर्ता साथ छोड्दै

फिल्को मिसन

२०७८ भाद्र,१२शनिबार
धनगढी । नेकपा एमाले सुदूरपश्चिमका एमाले नेता नेता भीम रावल र लेखराज भट्ट निकटल संसद र कार्याकर्ता साथ छोडेका छन । प्रमुख सचेतक दुर्गाकुमारी बिकले एमाले छाडेकी छन्। एमाले छाडेर बिकले आफू माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताएकी छन। रावल नेकपा एमालेका उपाध्यक्ष हुन भने भट्ट तत्कालीन माओवादी केन्द्रका नेता। २०७४ सालको प्रदेश तथा प्रतिनिधिको निर्वाचनपश्चात् २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेयता रावल र भट्ट एउटै पार्टीमा थिए।
तर, दुवै नेताको ‘गुट’ भने फरक थियो। नेकपाभित्र पूर्व माओवादी र पूर्व एमालेको दूरी हुँदा दुवै नेताहरू फरक–फरक गुटमा थिए। केही समयपछि तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डसँग रावलको निकटता बढेको र उनका पक्षमा सार्वजनिक स्थलमै भाषण गरेपछि भट्ट प्रचण्डसँग बिच्किएका थिए। फलस्वरूप उनी ओली समूहतिर लागे।
तर, त्यो नेकपा एकता भने दिगो रहन सकेन। सर्वोच्च अदालतको फैसलाले एमाले एकातिर, माओवादी एर्कातिर भए। तर, भट्टले ओलीको साथ छोडेनन्। रावल भने एमालेकै अर्को पक्ष माधव नेपाल समूहमा थिए। समाजवादी रोज्ने तयारी गरिरहेका १० सांसद अब कुनै पनि हालतमा एमालेमा नजाने अडान लिइरहेका छन् ।
लामो समय नेपाल पक्षमा रहेका रावलले पार्टी विभाजनमा ओली पक्षमा रहने निर्णय गरेपछि उनी पक्षका नेता कार्यकर्ता पनि उनीसँगै नरहने अवस्था आएको छ।एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ्ग, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा अब पार्टी परिवर्तन गर्ने निष्कर्षमा पुगेका छन्।
एमालेमा रहेर रावलले सुदूरपश्चिम प्रदेशसभामा मात्रै तीन–चार जनाभन्दा बढी सांसदलाई आफ्नो पक्षमा लैजान नसक्ने देखिएको छ। भट्टको अवस्था पनि उस्तै छ। ओलीलाई रोजेदेखि नै उनले आफ्नो जनाधार क्षेत्र गुमाइसकेको उनको पूर्व पार्टीकै नेताहरूको भनाई छ।

प्रतिक्रिया दिनुहोस