टेलिकमकाे सिमकार्ड छ ? यी तथ्य पढ्नुस्

फिल्को मिसन

२०७८भाद्र,२२मंगलबार
हुम्ला । सन् १९१६ मा नेपालमा पहिलोपटक टेलिफोन लाइन स्थापना भएको १९ वर्षपछि अर्थात् सन् १९३५ सालमा तत्कालीन राजदरबारले बल्ल टेलिफोनको लाइन पायो । दरबारमा २५ लाइन क्षमताको अटोमेटिक एक्सचेन्ज स्थापना भएपछि दरबारले त फोन प्रयोग गर्न पायो तर सर्वसाधारणले पाएनन् । सन् १९५५ मा सरकारले सर्वसाधारणका लागि टेलिफोन लाइन वितरण सुरु गर्यो । नेपालमा टेलिफोन स्थापनाको ६४ वर्षको इतिहासले भन्छ– इन्टरनेट प्रविधिको विकासमा सबैभन्दा चाँडो विकास भने नेपालको टेलिफोन क्षेत्रले गर्यो ।

नेपाल टेलिकम, एनसेल, हेल्लो नेपाल, यूटीएलजस्ता टेलिफोन सेवा प्रदायक संस्थाले सेवा प्रवाह गरिरहेका छन् ।

यहाँ हामीले नेपाल टेलिकमले हालसम्म कस्ता सेवा दिएको छ ? सेवा कसरी प्रयोग गर्ने र नेपालमा टेलिफोन लाइनको इतिहास कस्तो छ भन्ने जानकारी प्रस्तुत गरेका छौं । यी सामग्री नेपाल टेलिकमको आधिकारिक वेबसाइट र टेलिकममा कार्यरत कर्मचारीको सहयोगमा तयार पारेका छौं ।

कसरी लिने टेलिकमको सेवा

  • मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस् ।
  • आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस् ।
  • कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस् ।
  • कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस् ।
  • कल वैटिङ सेवा सुचारु गर्न *43# डायल गर्नुहोस्, क्यान्सिल गर्न #43# डायल गर्नुहोस् ।
  • मोबाइलमा FNF सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस् ।
  • अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस् ।
  • प्रिपेड मोबाइलबाट अर्को नम्बरमामा ब्यालेन्स ट्रान्सफर गर्न*422*SECURITY CODE*98xxxxxxxx.*RS# डायल गर्नुहोस्
  • आफ्नो पोस्टपेड मोबाइल तथा ल्यान्डलाइन टेलिफोनको मासिक बिल, बाँकी रकम, अग्रिम रकम आदि हेर्न  www. http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस्, ल्यान्डलाइनका लागि AC Number (मासिक महसुल तिरेको बिलमा लेखेको हुन्छ ) र मोबाइलका लागि PUK नम्बर राखेर हेर्न सकिन्छ 
  • आफ्नो मोबाइल नम्बरको सेक्युरिटी कोड प्राप्त गर्न SCODE लेखेर पुक कोड प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस् ।
  • पोस्टपेड मोबाइलमा ISD सुविधा थप्न #331*0000#डायल गर्नुहोस्, सुविधा हटाउन *331*0000# डायल गर्नुहोस् ।
  • डाटा प्याक तथा भ्वाइस प्याकसम्बन्धी नयाँ नयाँ अफर थाहा पाउन *1415# डायल गर्नुहोस् ।
  • बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस् ।
  • मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस् र प्राप्त निर्देशनअनुसार गर्नुहोस् ।
  • नमस्ते CREDIT सेवा सुचारु गर्न- आफैं हुन्छ
  • नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस् ।
  • मिस्डकल नोटिफिकेसन (अलर्ट) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस् या sub mca लेखेर १४०० मा sms गर्नुहोस्, सेवा बन्द गर्न unsub mca लेखेर sms गर्नुहोस् ।
  • नेपाल टेलिकमको नम्बर इनक्वायरी सेवाका लागि १९७ मा फोन गर्नुहोस् ।
  • नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाका लागि १४९८ मा फोन गर्नुहोस् ।
  • ल्यान्डलाइन टेलिफोन मर्मतका लागि १९८ मा फोन गर्नुहोस् ।
  • नेपाल टेलिकमको विविध सेवाबारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकी डाटा जानकारी लिन NEPAL TELECOM (नेपाल टेलिकमको अफिसियल एप्लिकेसन) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस् ।
  • मोबाइलमा टेलिभिजन हेर्न WOWTIMES एप्लिकेसन डाउनलोड गर्नुहोस् ।  शिला पत्रबाट साभार 
प्रतिक्रिया दिनुहोस