महिनावारी दिवसकै अबसरमा “रेना सेनेटरी प्याट बैंक ”स्थापान

मन्दिर सिंह

बुधबार २२,मार्ग २०७८
हुम्ला । हुम्लामा डिसेम्बर ८ को दिनलाई ‘मर्यादित महिनावारी’ दिवसै अबसरमा हेड नेपालको पहलमा हुम्लामा “रेना सेनेटरी प्याट बैंक ”स्थापान गरेको छ ।
बिभिन्न साझेदार पसलहरु आर्थिक सहयोगमा, सिमिकोटमा रहेको हेड नेपाल पहिलमा, यति एयरलाइन्स र तारा एयरका निजिबिमान कम्पनीबाट सहयोग बाट हुम्लाका पहिलो पटक सेनेटरी प्याट स्थापना गरेको कार्याकारी निर्देशक छिटुप लामाले बताउनु भयो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइन्छ । यही अवसर पारेर डिसेम्बर ८मा यो दिवस मनाउन लागिएको हेड नेपालका कार्याकारी निर्देशक लामाले बताए ।
हुम्ला जिल्लामा सेनेटरी प्याटको महँगोका उच्च मूल्यकै कारण हुम्लाका महिनावारी भएका महिलाहरुले भोग्नुपरेको समस्याको बारेमा थाहा पाएपछि, हाम्रो स्वयंसेवी कृतज्ञ कृतिले रेना सेनेटरी प्याड बैंकको पहल गरेको हो र महिनौंको प्रयासपछि आज अन्तत डिसेम्बर ८ मर्यादिद महिनावारी दिवसको दिन अवसर पारि प्याड बैंक खोलेको कार्याकारी निर्देशक लामाले बताउनु भयो ।
डिसेम्बर महिनालाई विश्वभर नै मानवअधिकार महिनाको रुपमा मनाइन्छ त्यसैले महिनावारीलाई पनि मानवअधिकारसँग जोडेर कुरा गर्न लागिएको स्वाथ्यकर्मि भक्तराज ऐडीले बताउनु भयो । महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र हिंसाको बारेमा सवैले बुझ्नुपर्ने आवश्यकता भएकाले हेड नेपालका अध्यक्ष नामग्यल तामाङले बताए ।
महिनावारीलाई स्वास्थ्य र सरसफाइको दृष्टिकोणबाट जनचेतना जगाउनको लागि महिनावारी सरसफाइ दिवसको रुपमा मनाइँदै आएको छ । यती/तारा एयरलाइन्सलाई निःशुल्क कार्गो सेवाका लागि, प्याडहरू दान गरेकोमा प्याडलक्स र विश्व जनरल स्टोर, डोमा जनरल स्टोर र न्यू हिमालयन ट्रेडिङ हाउसले स्वेच्छिक रूपमा प्याडहरू सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस