कोरोना नियन्त्रणको लागि काठमार्डौले २७ बुँदे आदेश जारी

फिल्को मिसन

माघ ४,२०७८
काठमाडौं । कोरोना महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि तिनवटै प्रशासन कार्यालयले सवै धार्मिकस्थलमा हुने नित्य पूजा बाहेक अन्य पूजा गर्न रोक लगाएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज नयाँ आदेश जारी गर्दै मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको हो ।
गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न निर्देशन दिइएको छ ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलाप पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ । परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
प्रशासनले यो रोक माघ मसान्तसम्म लागू हुने जनाएको छ । यस्तै प्रशासनले माघ १५ सम्म लगाएको सबै प्रकारका भेला, सभा, सम्मेलनको प्रतिबन्ध माघ मसान्तसम्म पुर्याएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो।
सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ । मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस