सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

फिल्को मिसन

माघ ६,२०७८

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको हो । नेपाल आयल निगमले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको नयाँ मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । निगमले ६ महिनामा १२ पटक नयाँ मूल्य प्राप्त गर्दा पनि आफूहरुले ३ पटक मात्र मूल्य समायोजन गरेको जनाएको छ । निगमलाई आगामी जनवरी २३ मा तेल खरिद बाबपत भुक्तानी गर्न झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस