जिसस जाजरकोटका उपप्रमुख कांग्रेस छाडेर माओवादीमा प्रवेश

फिल्को मिसन

फागुन २७,२०७८
सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समुन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । वीरेन्द्रनगरमा शुक्रबार आयोजित माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा आचार्यले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् ।
काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नेहरुमा जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्क बहादुर विक, लिले वर, भाने वर, बल बहादुर विक, खिम बहादुर नेपाली, मोहन विक, रामकुमारी कामी लगाएतको टीम रहेको नेकपा (माओवादी केन्द्र) जाजरकोटले जनाएको छ ।

काँग्रेस पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका जिल्ला समन्वय समितिका उप–प्रमुख आचार्य झण्डै ३१ बर्षभन्दा लामो समय नेपाली काँग्रेस पार्टीमा रहेर सक्रिय राजनीति गरेका नेता हुन् । निष्ठा र समर्पणको राजनीति गर्दै आएका नेता आचार्य नेपाली काँग्रेस भेरी नगर कार्यसमितिका पूर्व सभापति हुन् ।
त्यसैगरी भेरी नगरपालिका–११ का नैने कामी नेपाली काँग्रेसको पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् भने, हिरा प्रसाद आचार्य नगर कार्यसमिति सदस्य हुन् । नेपाली काँग्रेस वडा कार्यसमिति सचिव समेत रहेका हर्क बहादुर विक शंकर माध्यामिक विद्यालय जगतिपुरका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । लिले वर नेपाली काँग्रेस वडा कार्यसमितिको पूर्व उपसभापति हुन् भने, भाने वर पूर्व वडाअध्यक्ष हुन् । बल बहादुर विक वडा कार्यसमिति सदस्य हुन भने, खिम बहादुर नेपाली तरुणदलको वडा समिति सदस्य हुन । मोहन विक, राम कुमारी कामी क्रियाशिल पार्टी सदस्य मात्र भएता पनि बलियो जनाधार भएका नेतामा गनिन्छन ।
हाल टुटफुटको अबस्थामा नपुगेता पनि काँग्रेस गुटको राजनीतिबाट माथि उठ्न नसकेको जिल्ला समन्वय उपप्रमुख आचार्यले बताएका छन् । जीवनको लामो समय काँग्रसको राजनीतिक अनुभव हासिल गरेका आचार्यले गुटको राजनीतिबाट माथि उठ्न नसकेको काँग्रेस पार्टीको नीति तथा कार्यक्रमबाट देशको विकास, जनताको समृद्धी र अधिकार ग्यारेन्टी सम्भव नभएको बताएका छन् ।
लामो समयसम्म देशमा एकलौटी राज गरेको काँग्रेस पार्टीसंग स्पष्ट भिजन र मार्गदिशा नभएको हुदा देशले बेला–बेलामा ठुला–ठुला पिडाहरु भोग्नु पर्ने अबस्था आएको आचार्यले भनाई राखेका थिए । देशलाई नै दिशा विहिन बनाई राख्ने काँगेस पार्टीमै रहेर निरन्तर राजनीति गरेमा आफुलाई भावी पुस्ताले सराप्ने छ नेता आचार्यले भनेका थिए । अहिले यो देशको नेतृत्व कहिले काँग्रेस, कहिले नेकपा एमालेले गर्ने गरेको भएता पनि देश नेकपा (माओवादी केन्द्र) को राजनीतिक एजेण्डामा चलिरहेको बताउदै आचार्यले देश संचालनका लागि जसको राजनीतिक एजेण्डा उसकै राजनीतिक नेतृत्व आबश्यक रहेको बताए ।
आचार्य लगायतका करिव १सय ६० जना कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस