चंखेली गाउँपालिका विहना ७ बजेदेखि मतगणना पुनः सुरु

फिल्को मिसन

५ जेष्ठ २०७९, बिहिवार
हुम्ला । सेनाको उपस्थिति र सुरक्षा सहजतापछि चंखेली गाउँपालिकामा विहना ७ बजे देखि मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत जगत पौडेलका अनुसार मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गरिएको बताउनुभयो ।
सर्वदलीय सहमतिपछि विहाना ७ बजेदेखि मतगणना सुचारु भएको छ । गएको शुक्रबार दुईपक्ष विच झडप भएपछि मतदान कार्य स्थगित रोकिएको थियो । हिजो बुधबार महादेव माध्यामिक विद्यालय दार्मामा रहेको मतदान केन्द्रमा पुनः मतदान भएको थियो । गठबन्धनले चंखेली गाउँपालिका –२को महादेव माध्यामिक विद्यालय दार्मामा रहेको मतदान केन्द्रमा पुनः मतदान गर्ने र सुरक्षाको माग गर्दै मुख्य निर्वाचन कार्यालयमा निवेदन दिएका थिए ।
बुधबार चंखेली–२ महादेव माध्यामिक विद्यालय दार्मामा रहेको मतदान केन्द्रमा ७८० मत खसेको निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी श्याम बहादुर रानाले बताउनुभयो । महिला ३९५ र पुरुष ३८५ गरेर ७८० मत खसेको हो । पुनः मतदानमा ८६.३७ (प्रतिशत) मत खसेको हो । वडा २ दार्मामा कुल मतदाताको संख्या ९०३ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस