सिमकोट पालिकाले हिउँदे गाउँसभा द्वारा कानुन निर्माण(फोटो फिचर)

अर्जुन बोहरा

पुष २५, २०७९,सोमबार
हुम्ला । सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभाले कानुन निर्माण गर्दै पारितसमेत गरेको छ।
हुम्लाको सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभाले सोमबार सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७९/०८० का लागि पालिकाका विभिन्न योजनाहरु सम्पन्न गर्नका लागि बजेट संसोधन विभिन्न २५ वटा ऐन कानुन निर्माण गरेको छ ।
गाउँपालिकाले शिक्षा,स्वास्थ्य,खानेपानी,भौतिक पूर्वाधार, विपद व्यवस्थापन,संस्थागत विकास जस्ता क्षेत्रमा अपुगहुने रकमलाई संसोधन गरेको हो ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीका अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष शुशिला बाम (रोकाया)ले वजेट संसोधन प्रस्ताव पेश गर्नुभएको थियो । उपाध्यक्षरोकायीले पेशगरेको प्रस्तावलाई सभाका सदस्यहरुले पास गरेको थिए ।
अध्यक्ष भण्डारीले सबै ऐन–नियम सभाले सर्वसम्मत निर्णय गर्दै पारित गरेको जानकारी दिए। गाउँपालिका उपाध्यक्ष रोकायाले सभाले पारित गरेका ऐन गाउँपालिकाको राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यान्वयनमा ल्याउने बताए।
उनले धेरै कुरा ऐन–कानुन अभावमा काम गर्न असजिलो भएका बेला सभाले नयाँ कानुन निर्माण गरी पारित गर्दा काम गर्न सहज भएको बताए।

त्यसैगारी गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यकालमा कार्यपालिकाद्धारा गरेका महत्त्वपूर्ण कार्यहरु, यस आर्थिक वर्षको कार्यान्वयनको अवस्था लगायतका प्रगतीसँग समिक्षात्मक प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस