हुम्ला पहिरो अपडेटः बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन

फिल्को मिसन

साउन १३,२०८० शनिबार
हुम्ला । बाढी पहिरो प्रभावित क्षेत्र सर्केगाड गाउँपालिका २, रिप र ३नम्बर वडा उनपानी क्षेत्रको जिल्ला स्तरीयको टोलीले अनुगमन गरेको छ।
मानवीय क्षेत नभएता पनि भौतिक क्षेतीको बारेमा जिल्लै बाट सुरक्षा सहितको टोलिले बाढी पहिरोले क्षेतिको बारेमा अनुमगन गरेका छन् ।
बाढि पहिरो प्रभाति क्षेत्रतिर प्रस्तान गरेको जिल्ला बाट प्रहरी निरीक्षक राजन भट्टराई नेतृत्वमा गएको ७० जना सुरक्षाकर्मिको टोली खार्पुनाथ १ को चिसामुलमा पहिरो जाँदा विच बाटैमा रोकिनु परेकोे प्रहरी निरिक्षक दिपक मल्लले जानकारी गराए ।
स्थलमार्गबाट तत्तकाल बाढि पहिरो प्रभावित क्षेत्रको अनुगमन नहुने भएपछि हेलिकप्टर बाट अनुगमन गरेको छ । माउण्टेन एयरको हेलीकप्टरबाट बाढी पहिरो प्रभाबित क्षेत्रमा सेनानी दिनेश खड्काको नेतृत्वमा सर्केगाड गाउँपालिका नि.प्रमुख प्रशासकिय अधिकृत नर रावत, शसस्त्र प्रहरीका डिएसपी कुन्जन प्रताप मल्ल र पत्रकार महाँसघ जिल्ला शाँखा अध्यक्ष राजन रावत सहितको टोलीले रिप र उनापानीमा स्थलगत अनुगमनका लागि गएका थिए ।
एक सता देखि परेको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले मानबिय क्षेती नभए पनि पुलहरु,बिजुली, सडक, खानेपानी, सिचाई, घट्ट , खेतबारी, र अन्नबालीको ठुलो क्षति पुगेको छ । बाढी पहिरोले बिभिन्न खोलाका पुल बगाए पछि आवतजावत गर्न समेत समस्या बनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस