राप्रापा हुम्लाले बुझायो प्रजिअमार्फत प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र

फिल्को मिसन

फागुन ९, २०८०
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुम्लाले बुधबार प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल मार्फत प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेश गरेको छ ।
हुम्ला जिल्ला पार्टी अध्यक्ष विकास महतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेका छन् । ज्ञापन पत्र अनुसार संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र २ तिहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकोृ व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा छ । यस्तै बढ्दो भ्रष्टाचारको विषयदेखि बैंकदेखि वित्तीय संस्थाको मनपरीमाथि हुनुपर्नेलगायतका विषय पनि उल्लेख छ ।

राप्रपाको ज्ञापनपत्र बुझेपछि प्रजिअ पोखरेलले प्रधानमन्त्रीको कार्यालयमा तत्काल ज्ञापानपत्र पठाइने बताए। ज्ञापनपत्र बुझाउने कार्य भए पनि अब केन्द्रको निर्देशनअनुसार अन्य शान्तिपूर्ण कार्यक्रम जिल्लामा राप्रपाले सञ्चालन गर्ने भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस