हिउँले सेताम्मे सिमकोट (फोटो फिचर)

अर्जुन बोहरा

फागनु २१,२०८०
हुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा पाँचौ पटक भारी हिमपात भएको छ। शनिबार विहाना देखि परेको हिंपात कारण सोमबार विहना सम्म भारी हिमपात भएको हो।
हुम्लाको सदरमुकाम सिमकोट बजारमा बाग्लो हिउँ जमेको छ। हुम्लामा यो वर्षको सबैभन्दा फागनु महिनाको अन्तिम सातामा भारीहिंमपात भएको छ ।
माघ महिनामा र फागनु पहिलो सतामा परेको हिउँ खासै धेरै हिंपात नभएको र यस पालिको सदरमुकाम सिमकोटमा मात्र एक फिट हिउ जमेको छ ।


फागुन महिनामा परेको हिउँलाई हुम्लीहरु शुभ वर्षको रुपमा लिने गरेको छन । यस महिनामा परेको हिउँले हिउँदमा लगाएको जेठासे बाली गहुँ,जहुँ ,उवा र तरकारी बालीमा आलु र लसुनको उत्पादनमा हुने हुम्लाका कृषकहरु ब्ताउन्छन् ।


यसै गरि उत्तरी तिब्बत नाकासंग जोडिएका नाम्खा गाउँपालिका लिमीको तिल,हल्जी,झागँ, यारी,मुचु बस्तीहरुमा ४देखि ६ फुट सम्म हिउँ जमेको छ। भारि हिमपात भएपछि हुम्लाको जनजीवन कस्टकर बनेको छ । शनिबार विहना देखि परेको अबिरल वर्षाका कारण हुम्लाको दक्षिण क्षेत्रमा पर्ने ताँजकोट,अदानचुली,सर्केगाड, चंखेलीका गाउँपालिकाका उतरी गाउँबस्तीहरु र उतरी क्षेत्रपर्ने खार्पुनाथ,सिमकोट र नाम्खा गाउँपालिका बस्तीहरु समेत सेताम्य बनेका छन्। हिमपातले हुम्लाका बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन्।


हुम्लाको तापक्रम माईनस ९ डिग्रि सेल्सियसमा झरेको छ । यसपालीको हिमपातले उजाड देखिने चरण क्षेत्रमा हरियो घाँस र पालुवा पलाउन समेत सहयोग पुग्ने सिमकोट गाउँपालिका वडानं २ ठेहे गाउँका बाख्रापालक हर्क बोहराले बताए । फागुन महिना अन्तिम साताका परेको हिमपातले अव छिट्टै हरियो पलाउन सुरु हुन्छ । खेतबारी बालि लगाउन र स्याउ लगायतका विरुवा रोप्ने समयमा यतिखेर उतम भएकोले हिमपात हुँदा झनेै सहज भएको कृषकहरु खुसी व्यक्त गरेको छन ।


दुई दिन देखि परेको हिमपातले हुम्लाको एकमात्र यातायातको साधनको रुपमा रहेको हवाइजहाज अबरुद्ध भएको छ भने हवाई मैदानमा समेत हिउँ जमेको हिउँ स्नोलक भेइकलले हटाएको छ।

 

प्रतिक्रिया दिनुहोस