नेकपा रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न

फिल्को मिसन

२०७८ श्रावण,१६ गते शनिबा
रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न गरेको छ ।बैठकमा प्रमुख अथिति रोल्पा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य केशबहादुर बाठा ‘सुबास’ले पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।त्यस्तै बैठकमा राजनीतिक बैचारिक, सङ्गठन, आर्थिक लगायतका विभिन्न विषयहरूमा महत्वपूर्ण निर्णय गरेको नेकपाले जनाएको छ । बैठकले कोभिड १९ को सङ्क्रमण बढिरहेको र तेस्रो लहरले झन् बढी क्षति पुर्याउने सम्भावनालाई मध्यनजर गरि कोभिड १९ नियन्त्रण जनसुरक्षा अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाउनुको साथै सहभागी जिल्ला सदस्यहरूले पार्टीको योजनालाई जनसमुदायको बीचमा राख्ने प्रतिबद्धता व्यक्त गरेको नेकपाले जनाएको छ ।
बैठक जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दको अध्यक्षता तथा सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस