जलवायु मैत्री कृषि प्रविधि तालिम

भक्त राज ऐडी

जेष्ठ २९, २०८१
हुम्ला । सर्केगाड गाउँपालिका लाई जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन गरेको छ ।
महिला कल्यण सेवा हुम्लाको आयोजना, सर्केगाड गाउँपालिका सँगको समन्वय र Silent Softly Speaks (हिथर)को आर्थिक सहयोगमा सञ्चालित बाल संरक्षण परियोजनाको” अन्तर्गत वडा नं ४ मा जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन गरिएको होे ।
महिला कल्याण सेवाका कार्यक्रम ब्यवस्थापक र कार्यक्रम अधिकृत तथा कृषि प्राविधिक हिसी डोल्मा लामाले सहजीकरण गर्नुभएको लेखा अधिकत टाक्पा जिक्मेत लामाले बताए ।


तालिममा सर्केगाड गाउँपालिका वडानं. ४ डाँडासायाँका २३ जनालाई सहभागि बनाएको थियो । तालिममा जलवायु परिवर्तन र बढ्दो जलवायु उत्पन्न विपदहरुको सेरोफेरोमा कृषिलाई कसरी अनुकूलित गर्दै अगाडि बढाउँदै कृषि उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सिकाइ आदान प्रदान गरिएको थियो ।जलवायु मैत्री कृषि भन्नाले जलवायु परिवर्तन गर्न निर्णायक भूमिका खेल्ने कृषिका क्रियाकलापहरुबाटै निस्कने हरितगृह ग्याँसहरुको उत्सर्जनलाई केही हदसम्म कम गरिन्छ र जलवायु परिवर्तनका असरहरूबाट कृषिलाई बचाउनुका साथै कृषि उत्पादनलाई दिगो रुपमा बढाउन पहल गरिने बताए ।
जलवायुमैत्री कृषि प्रणालीले पुराना वातावरण मैत्री कृषि क्रियाकलापहरुदेखि नयाँ विकसित कृषि प्रविधिहरुलाई एकीकृत गरी सम्पूर्ण कृषि प्रणालीलाई नै वातावरणमैत्री दिगो तथा जलवायु अनुकूल बनाउँने बारे तालिममा प्रशिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस