के छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)

फिल्को मिसन

प्रदेशका प्रमुख तिलक परियारले आर्थिक वर्ष २०८१/०८२ लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

जेठ २३, २०८१
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधबार कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइ लगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई प्राथामिकता दिइएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई रोजगार समेत समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस