कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको निर्देशन – जनताको कामलाई प्रभावकारी बनाउनु

फिल्को मिसन

२०८१जेष्ठ १७ विहीबार
दैलेख । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री रणसिंह परियारले आफ्ना मातहतका मन्त्रालयका कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
दैलेख जिल्लामा रहको खानेपानी तथा उर्जा विकास कार्यालय प्रमुख सहित कर्मचारी भेटघाट कार्याक्रममा बजेट कार्यान्वनयन र प्रभावकारिताकामा ऊर्जामन्त्री परियारले व्यवस्थित गरी काम गर्न निर्देशन दिएका हुन्। जिल्लाका कार्यालय दैलेखको अहिले सम्म अन्य जिल्ला भन्दा राम्रो प्रगति गरेको अझै प्रगति पक्षमा लाग्नु पर्ने मन्त्री परियारले बताए।


कुनै वर्ग लक्षितका लागि कार्याक्रम यस मन्त्रालयमा नभएकोले अब दलित को लागि “दलित उज्जालो कार्याक्रम” ल्याएकोले दलितघर परिवार तथ्याङ्क ल्याउनु पर्ने जोड दिए ।
मन्त्री परियारले जनताको कामलाई प्रभावकारी रूपमा सम्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन समेत आग्रह गरे । नीतिगत, कानुनी तथा संरचनाग जानकारी गराउन आग्राह गर्दे उनले मातहतका सबै कर्मचारी इमान्दार भएर लागेमा विकासको परिणाम निस्कने समेत बताए ।


खानेपानी तथा उर्जा विकास कार्यालय दैलेख जिल्लाका निम्त कार्यलय प्रमुख टोपेन्द्र सुन्दर मल्लले यस कार्यालयको ७० प्रतिशत काम सम्पन्न भएको र बहुबर्षिय कार्याक्रमको नतिजा ढिलो भएको बताए ।

प्रतिक्रिया दिनुहोस