नेपाल दलित मुक्ति मोर्चाको भेला तथा प्रशिक्षण सम्पन्न

फिल्को मिसन

२०८१, १७ जेष्ठ विहीबार
दैलेख । नेकपा माओवादी केन्द्र पार्टी,भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाको भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ ।
भेला नेपाल दलित मुक्त मोर्चा जिल्ला इन्चार्ज चक्रलाल सोनीको अध्ययता, नेकपा माओवादी केन्द्रका केन्द्रीय र कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मन्त्री रणसिंह परियारको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।


भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री परियारले माओवादी देशको व्यवस्था परिवर्तन गरेको र जनताको भावना बुझ्ने पार्टी हो,त्यसैले विकासमा समृद्धि र दलित तथा सर्व साधारण जनतालाई राज्य सत्तामा अधिकार दिने एक मात्र पार्टी माओवादी केन्द्र भएको दावी गरेका छन् । उर्जा मन्त्री परियारले भन्नु भयो आफु वडा सदस्य नपाउने अबस्थामा माओवादी पार्टीले न्याय गरेकोले बताए ।


त्यस्तै माओेवादी केन्द्रले ल्याएको व्यवस्थामा अन्य पार्टीहरुले रजाई गरेको पुरानो एकात्मक राज्य सत्तालाई परिवर्तन गर्नको निम्ति १० वर्षे जनयुद्ध र एतिहासिक जनआन्दोलनमा सबैभन्दा धेरै दलित, उत्पिडित वर्ग समुदायको महत्वपुर्ण योगादान रहेको चर्चा गरे ।
त्यसैले दैखेलका दलित समुदायहरु भ्रमका पछाडि नलाग्न परिवर्तनकारी, बैचारिक आन्दोलनमा एकढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् ।


उक्त भेला तथा प्रशिक्षण कार्यक्रम माओवादी केन्द्र जिल्ला पार्टी इन्चार्ज प्रेम कटुवाल, नेपाल दलित मुक्ति मोचा कर्णाली प्रदेशका इन्चार्ज दिनेश चंदरा लगायतका व्यक्तहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस