हुम्लामा एकरूपता ल्याउन मासुको मूल्य निर्धारण

फिल्को मिसन

 मासुको मूल्य निर्धारण, कुन मासुको मूल्य कति ?

बैशाख २५,२०८१ मंगलबार
सिमकोट । हुम्ला उद्योग बाणिज्य संघले सदरमुकाम सिमकोटका लागि मासुजन्य बस्तुको बिक्री मूल्य निर्धारण गरिएको छ ।
सोमबार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय हुम्ला, उद्योग बाणिज्य संघ, सिमकोट गाउँपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, नागरीक समाज र मासु व्यवसायीहरुको उपस्थितमा नयाँ मूल्य तोकिएको उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीले बताउनुभयो । मासुजन्य बस्तुकोे मूल्य आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका छन्् ।
जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, सिमकोट गाउँपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको बिक्री मूल्य निर्धारण गरेको हो ।
खसीको प्रतिकिलो एक हजार १सय रुपैयाँ मूल्य तोकिएको छ । यस्तै ब्रोइलर कुखुराको मासुको मूल्य ७ सय रुपैयाँ किलो कायम गरिएको छ । त्यसै गरि माछा मासु सात सय ,बङगुर राँगाको मासु सात सय र अण्डा प्रति क्यारेड ७ सय ५० रुपैयाँ बनाइएको छ । हुम्लाको सिमकोट बजारमा धेरै विक्री हुने खसी र ब्रोइलर कुखुराको मासु बिक्री हुने गरेको मासु व्यवसायीहरु बताउन्छन् । सिमकोट बजारमा दैनिक दिन २ सय ५० कुइन्टील मासु विक्री हुने गरेको अनुमान व्यवसायीको रहेको छ ।
मासु व्यापारीसँग छलफल गरेर यसअघि निर्धारण गरेको मूल्य हटाएर उपभोक्ता र मासु व्यवसायी मारमा नपरोस् भनेर रु ११ सय कायम भएको छ । मासु व्यवसायीले यसअघि नेट मासुको रु १३ लिने र मिक्स मासुको १२ लिने हटाएर अब देखि खसिको मासु ११ सय मूल्य निर्धारण गरेको छ । व्यवसायीले नेट मासु विक्री गर्न नपाउने र मिक्स मासु मात्रै विक्री गर्ने सहमति भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस