सिमकोट गाउँपालिका पूर्णखोप सुनिश्चितता दिगोपना घोषित

अर्जुन बोहरा

बैशाखा २७,२०८१
हुम्लामा । हुम्लाको सिमकोट गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “पूर्ण खोप सुरक्षित भविष्य”भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका सदस्य तथा जिल्ला खोप समन्वय समितिका कार्यावाहक प्रमुख दिपा भण्डारी,गाउँपालिका अध्यक्ष विजय भण्डारीले संयुक्त सिमकोट पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरेका हुन ।
पालिकाले विसं २०८० चैत मसान्तसम्म पालिकामा १देखि ८ वटै वडाका शून्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाहरुलाई पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हुँदा एक कार्यक्रमबीच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म पालिकामा ९५ प्रतिशत बालबालिकाले खोपकार्ड पाएको देखिएको छ।


अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको गाउँपालिका निमित प्रशासकीय प्रमुख उजीर रोकायाले बताए ।
विद्यालयमा बालबालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको समेत उनले बताए । स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ।


उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
गाउँपालिका अध्यक्ष भण्डारीले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए। स्वास्थ्य सेवा कार्यालय र गाउँपालिका रहेका स्वास्थ्यकर्मीहरुको अथक प्रयास बाट खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ। खोपको पहुँच भन्दा कोही पनि बालबालिका नछुटेको बताए।


हुम्लाको सिमकोट पालिका जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चितता दिगोपना घोषित गर्न सफल भएको छ।
जिल्लाका सातवटै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालन भइरहेकाले अब चाँडै नै अन्य स्थानीय तह पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिहले बताए ।


सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सबैको प्रयासबाट पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको बताए । यसअघि सिमकोट गाउँपालिका १देखि ८ वटा वडा लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको थियो।
अब जिल्लामा पाँच वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न बाँकी रहेका जिल्ला स्वास्थ्य कार्यालयले हुम्लाले जनाएको छ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा र गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाको विशेष आथित्यमा पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको उहाँले बताउनुभयो । यस्तै आज भएको कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख तथा प्रनिनिधिको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस