खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढ्यो

फिल्को मिसन

२०७७ माघ,२९गते
काठमाण्डौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो ।
हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५ दशमलव १६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३ दशमलव ०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९५ दशमलव ८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
यसअनुसार १५ दिनमा निगमको घाटा ७३ दशमलव ८७ करोड रहने निगमले जनाएको छ । स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस