सुत्केरी हुन नसकेकी सुनकेसाको हेलिकोप्टरद्धारा उद्धार

मन्दिर सिहं

२०७८ श्रावण ८ शुक्रबार
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका– ५बारीागाउँका २१ वर्षिय गर्भवती सुनकेशा (ऐडी )रावललाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गएको ५ दिनदेखि प्रसवपिंडा लागेपनि बच्चा जन्माउन नसकेपछि जनस्वास्थ्य कार्यालय हुम्लाको पहलमा राष्ट्रपति महिला उत्पान कार्यक्रमबाट रावलको उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।
बारिगाउँ स्वास्थ्य चौकीमा लगिएकी रावलको सुत्केरी हुननसेकेपछि जिल्ला अस्पताल हुम्लाको पहलमा, जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा गृहमन्त्रालयको अनुमतीमा ऐडीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । स्वास्थ्यचौकीमा जटिल केसका विरामीका लागि स्वास्थ्य उपकरण नहुँदा कतिपय महिलाले अकालमै ज्यान गुमाउनु परेको छ ।नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएकी ऐडीलाई प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस