नेपालमा दोसो कोरोनाविरुद्धको खोप अभियान चल्ने

फिल्को मिसन

२०७८ श्रावण,२२ शुक्रबार
काठमाडौं । नेपालमा नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने उद्धेश्यले सरकारले यही साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चलाउने भएको छ । अभियानका लागि खोप केन्द्रहरूको व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ,
आज भुटानबाट ३ लाख मात्रा कोरोनाविरुद्धको खोप आउने र यसले अभियान चलाउनका लागि सहयोग पुग्ने मन्त्रालयको भनाइ छ । संसदको स्वास्थ्य तथा शिक्षा समितिको हिजोको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भोलि र पर्सि गरी ११ लाख मात्रा कोरोनाविरुद्धको खोप आएपछि अभियान चलाइने जानकारी दिनुभयो । समितिको बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ सङ्क्रमित थपिने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस