काँग्रेस महाधिवेशन बहस :पद र प्रतिष्ठा लडाई

फिल्को मिसन

बुधबार २२,मार्ग २०७८
काठमाडौं । नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा केन्द्रीत बनेको छ । पार्टी नेतृत्वमा आउन चाहेका शिर्ष नेताहरू छलफल र गुटगत भेलामा व्यस्त भएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफू निकट नेताहरूलाई बोलाएर छलफल गरेका छन ।
सभापति तथा प्रधानमन्त्री देउवाले आफू निकटका नेताहरूको आकाङ्क्षा बुझ्नुभएको छ भने केहीलाई उम्मेदवार उठाउने आश्वासन दिनुभएको छ । सभापति देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा बालकृष्ण खाँणलाई उठाउने तयारी गरेको छ भने महामन्त्रीका आकाङ्क्षी विश्वप्रकाश शर्मालाई भने सहमहामन्त्री बन्नाउन प्रयास गरेको छ ।तर, खाँणसँगै प्रकाश शरण महत र एनपी साउदले पनि महामन्त्रीको दाबी गरेका छन् । सभापति देउवाले प्रदेशगत रुपमा उम्मेदवार टुङ्ग्याउन पनि निर्देशन दिनुभएको छ । सभापति देउवाले बोलाउनुभएको बैठकमा काँग्रेस उपसभापति विमलेन्द्र निधि भने उपस्थित हुनुभएन ।

अर्कोतिर सभापतिमा साझा उम्मेद्वार तय गर्न केही दिनदेखि निरन्तर छलफलमा रहेपनि सस्थापन इतर समुहका नेताहरूले भने साझा उम्मेद्वार छान्न सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला लगायतको बैठक निरन्तर रूपमा बसिरहेको भएपनि कसलाई सभापति बनाउने भन्ने टुङ्गो भने लाग्न सकेको छैन ।
सस्थापन इतर समुहका जिल्ला तथा प्रदेशका नेताहरूले भने साझा उम्मेद्वार तय गर्न र मिलेर अगाडी बढ्न शिर्ष नेताहरूलाई सुझाव दिएका छन् । काँग्रेसको महाधिवेशन सुरु भएपनि सारमा सदाचार र भ्रष्टाचार, संगत र असंगत, तथ्य र भ्रमकोबीचमा घमासान युद्ध सुरु भएको जस्तो देखिन्छ । १३औं महाधिवेशनका लागि राजधानीका सडकमा चार तारे झण्डा फहराइरहँदा न्याय, अन्याय, सदाचार र भ्रष्टाचारका दुई थरी प्रवृति पनि बहसमा आएका छन् ।
विचार भन्दा पद, बहस भन्दा व्यक्ति केन्द्रित प्रचारले सञ्चार माध्यमलाई समेत प्रभाव पारेको छ । राजनीतिले विचारको माग गर्दछ, नीति र कार्यक्रम खोज्छ । तर, काँग्रेस महाधिवेशन विचार र राजनीति भन्दा पद र प्रतिष्ठाको साँढे जुधाईमा केन्द्रित छ । आपसमा आरोप–प्रत्यारोप अर्कालाई लगाएका छन् । पर्सिबाट सुरू हुने महाधिवेशनबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री, १ कोषाध्यक्षसहित १ सय ६८ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस