अर्थतन्त्रबारे एमालेको आधिकारिक धारणा (पूर्णपाठ)

फिल्को मिसन

चैत २७,२०७८
काठमाडौं। काठमाडौं। एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन्। आज एमालेका ३ जना पुर्व अर्थमन्त्रीहरूले पत्रकार सम्मेलन गर्दै ९ महिनाअघि आफुले सरकार छोड्दा देशको अर्थतन्त्रका सबै सूचक राम्रो रहेपनि बर्तमान सरकारले बिगारेको आरोप लगाएका छन् ।
पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीले सरकार छोड्दा मुद्रास्फीति दर ४ प्रतिशत भन्दा तल रही समग्र मूल्य नियन्त्रणमा रहेको, व्यापार घाटा भुक्तानी सन्तुलनमा रहेको, बार्षिक रुपमा विप्रेषण झण्डै १० प्रतिशतले बढेको , बार्षिक कारोबारमा १ अर्ब २३ करोडले भुक्तानी बचत रहेको भएपनि हाल नेपाली अर्थतन्त्रको अवस्था खस्किदै गएको बताएका हुन् । गठबन्धन सरकार बन्नासाथ आर्थिक गडबडी सुरू भएको , एमालेको सरकारले अध्यादेश मार्फत ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थ अनुकूल परिवर्तन गर्ने दुराशय राखेको आरोप पनि एमालेको रहेको छ । एमालेले सरकारले नेकपा एमालेको सरकारका लोकप्रिय कार्यक्रम खारेज गरेको, सरकारको ध्यान आर्थिक समस्या भन्दा आफ्नै स्वार्थ सिद्धि तिर केन्द्रित भएको, संसदबाट एमसीसी अनुमोदन गराउँदा गठबन्धनले तमासा देखाएको, अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि अर्थ मन्त्रालयले लिनुपर्ने कतिपय पहलकदमी नलिएको जस्ता कमजोरीका कारण समस्या भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस