कानुन निर्माणमा सक्रिय भूमिका निभाउन माओवादीका सांसदलाई प्रचण्डको निर्देशन

फिल्को मिसन

माघ २३, २०८० मंगलवार
काठमाडौं । संसदको चालु अधिवेशनमा महत्वपूर्ण कानुनहरु पेस गर्ने सरकारको तयारी रहेकोले आफ्ना सांसदलाई कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न नेकपा माओवादी केन्द्र०का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताए ।

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस