शैक्षिक गुणस्तर बृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सिमकोटमा सम्पन्न

फिल्को मिसन

फागनु २८,२०८०
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ माथिल्लो स्थित मानसरोवर माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक, विद्याथी बिच अन्तरक्रिया कार्यक्रम भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द रोकायाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहभागि व्यक्ताहरुले शैक्षिक उन्नतीका लागि शिक्षक अभिभावक विद्यार्थी लगायतका सरोकारवालाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । मानसरोवर माध्यामिक विद्यालय सिमकोट हुम्लाकै अग्रज विद्यालय भएकाले नमुना विद्यालय बनाउनको लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरिनु पर्ने बताए । अन्तरक्रिया कार्यक्रमका अधिकाँस अभिवाकले विद्यालयको समग्र विकासका लागि त्रिपक्षीय सम्बन्ध राम्रो हुनु पर्ने जोड र्दिएका छन् ।


अहिले शिक्षा प्रविधिक र व्यवहारिक शिक्षा हुनु पर्नेमा जोड दिए मात्रै शिक्षामा बालबालिकाको भविष्य उज्वल हुने अधिकाँस व्क्ताहरुले बताए । अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक, विद्यार्थी, जनप्रतिनिधि लगाएतका सरोकारवालासंग प्रश्न उत्तर सहित व्यापक छलफल गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने र सिकाई उपलब्धीमा बृदि गर्नमा विशेष जोड दिने प्रतिबद्ध जनाएका छन्। विद्यालयको समग्र विकासका लागि सबैले सहयोग गर्नु पर्ने प्रधानध्यपक अमर बहादुर शाहीले सुझाव मागेका थिए।

प्रतिक्रिया दिनुहोस