सिमकोट गाउँपालिकाले बनाउदै २०८१को शैक्षिक सत्र नयाँ क्यालेन्डर

अर्जुन बोहरा

चैत १,२०८०
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले शैक्षिक सत्र २०८१ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर तयार गर्ने भएको छ ।
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकाल्ने तयारी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय शुवास आलेको संयोजकत्वमा शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरिएको हो । बैठकले २०८१ बैशाख १ गाउँपालिकामा २१ व्टा सामुदायिक र ४ वटा निजी गरी २५ वटा विद्यालय रहेका छन् ।
बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर र विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको शैक्षिक क्यालेण्डर निर्माण समिति सदस्य सचिव कृष्ण आचार्यले बताए ।
वद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो बनाउन क्यालेन्डर बनाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस