भूमि आयोगको काममा स्थानीय तहको उदासीनताका कारण समस्या

मन्दिर सिंह

चैत १,२०८० विहीबार
हुम्ला । राष्ट्रिय भूमि आयोग हुम्लाले सुकुम्वासी लागत विवरण शुरुकै चरणको कार्यक्रममा स्थानीय तहको उदासीनताका कारण अपेक्षित रूपले काम हुन सकेको खुलासा गरेको छ । आयोगले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जासहित जग्गा वितरण गर्नका समन्वयको काम गर्ने र जग्गा वितरणका अधिकांश कामहरू स्थानीय तहले गर्नुपर्नेमा कतिपय स्थानीय तहको उदासीनता देखिएका छन् ।
राष्ट्रिय भूमि आयोग हुम्लाले पत्रकार सम्मेलन मार्फत आयोग लाई असहयोग गरेको बताए । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम प्रति राष्ट्रिय भूमि आयोग हुम्लामा निराशाजनक देखिएको छ ।
स्थानीय तहबीच भूमिहीन सुकुम्बासीको लागात सहित विवरण उपलब्ध गराउन भएको प्रतिबद्धता अनुसार सुरुवाती चरणमा निवेदन सङ्कलनको कामसमेत पूरा नभएको आयोगका जिल्ला अध्यक्ष चन्द्र बहादुर बुढाले बताए । दुई वर्षसम्म आयोगका हुम्लाका पदाधिकारीले सोचे अनुरुप काम गर्न नसकेको खुलास गरे ।
स्थानीय तहसँग आयोगको बीच भएको सम्झौता र त्यसपछि गरिएको प्रतिबद्धता अनुसार स्थानीय तहबाट प्रारम्भिक चरणमा गर्नुपर्ने निवेदन सङ्कलनको विवरण नभएको राष्ट्रिय भूमि आयोग हुम्लाका विज्ञय सदस्य मक्क सुनारले बताए ।
‘भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पालिकामा पटक पटक आयोगका पदाधिकारी पुगेर पनि वेवास्त गरेको आयोगका सदस्य बर्ख बहादुर शाहीले बताए । भौगलक कठिनाई, पालिकाले तोकिएको समयभित्र काम पूरा गर्न नसकेको जानकारी गराएको सदस्य शाहीले बताउँछन्। समितिका सदस्य शाहीले बजेटको अभाव, भौगोलिक बिकटता, प्राविधिक जनशक्ति नहुनुकै कारणले लक्ष गरे बमोजिम उपलब्धी नभएको बताए ।
आयोगको जिल्ला कार्यालयको अनुसार हालसम्म हुम्लाका सात गाउँपालिका मध्ये २ वटा गाउँपालिकाबाट १सय ६२ परिवारको निवेदन सङ्कलन भएको प्रगति प्रतिवेदनामा उल्लेख गरेको छ ।
उक्त ुकुम्वासीका लागि फम भर्नेमा सर्केगाड गाउँपालिका ५ जान सुकुम्वासीको लागि फम भरेको छन भने ५५ घरपरिवार अव्यवस्थित बसोबासीको फारम भरेको बताएको छ । त्यसै गरि खार्पुनाथ गाउँपालिकाबाट १सय २ घरपरिवारले अब्यवस्थित जग्गा भएको फर्म भरेका समितिका विज्ञ सदस्य सुनारले बताए ।
विहीबार भएको पत्रकार समेलनमा जिल्ला समन्वय समितीका उप–प्रमुख दलु फडेरा(सन्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) र खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा,प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सबै सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस