सिमकोट गाउँपालिकाले छ महिनामा ४४ प्रतिशत बजेट खर्च

फिल्को मिसन

बैशाख १, २०८१ शनिबार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले छ महिनामा आर्थिक वर्षको अर्धवार्षिक समिक्षा कार्यक्रममा ४४ प्रतिशत बजेट खर्च भएको सार्वजनिक गरेको छ ।
आ.वा. २०८०÷०८१ का लागि विनियोजीत भएको कुल बजेट रु ५३ करोड, ३० लाख, ४० हजार ३ सय ७३ रुपैयाँमा, ३१ पैसामा २३ करोड, ६१ लाख, ६५ हजार, ९ सय ४३ पैसा अहिलेसम्म खर्चको जनाएको छ । सिमकोट गाउँपालिकाको अर्धवार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम उक्त बजेट र्खच भएको बताएको हो । सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास आलेले छ महिनासम्म भएका गतिविधिको प्रगति प्रस्तुत गरेका थिए।
यसैगरी पूँजीगत तर्फ विनियोजित भएको १७ करोड, ५५ लाख, ३५ हजार, २ सय, ९६ रुपैयाँमा ३ करोड, ८६ लाख, ३४ हजार, ६ सय, ८५ रुपैयाँ, ५९ पैसा खर्च भएको आलेले बताउनुभयो । यी नेपाल सरकार, कर्णाली प्रदेश, राजस्व बाँडफाँड प्रदेश सरकार, राजस्व बाँडफाँड संघीय सरकार आन्तरिक श्रोतका बजेट हुन् ।
चालु तर्फ विनियोजित भएको ३५ करोड, ७५ लाख, पाँच सय, ७७ रुपैयाँ, ३१ पैसामा, १९ करोड ७५ लाख, ३१ हजार, २ सय, १४ रुपैयाँ, ८४ पैसा खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुवास आलेले बताउनुभयो ।
यस्तै संघीय सरकार वित्तीय हस्तान्तरणमा भने ४९ प्रतिशत खर्च भएको छ । जसमा समानिकरण अनुदानको ९ करोड, २७ लाख बजेटमा खर्च ३ करोड, ४८ लाख, ४ हजार, ९ सय, ४६ रुपैयाँ भएको छ । शसर्त अनुदान आलुमा १९ करोड, २३ लाख बजेटमा, ११ करोड, ९३ लाख, ६६ हजार, ६ सय ८२ रुपैयाँ, ६० पैसा खर्च भएको अधिकृत आलेले बताउनुभयो । यसै गरी शसर्त अनुदान पुँजीगतमा ३ करोड ८८ लाखमा १ करोड, १८ लाख,४५ हजार, १ सय, ६० रुपैयाँ, ३३ पैसा खर्च भएको जानकारी प्राप्त भएको छ ।
विशेष अनुदान पुँजीगतको ५० लाख रुपैयाँ खर्च हुन सकेको छैन् । यस्तै समपुरक अनुदान पुँजीगत तर्फको पनि ५ लाख रुपैयाँ खर्च हुन नसकेको जनाइएको छ । गाउँपालिका चालु र पुँजीगत तर्फ गरेको खर्च विवरण प्रमस्तुत गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष विजय भण्डारी भण्डारी (प्रतिरोध)ले आफु अहिले भर्खर भर्खर कामहरु सिक्दै गरेको बताउनुभयो । यो पाँच वर्षसम्म सिमकोट गाउँपालिकाका नागरीकको आफु चौकीदारका रुपमा भएर काम गर्ने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमा स्थानियको उपस्थित कम हुनु भनेको विकास लगायतको काममा चासो नभएको अध्यक्ष भण्डारीले बताउनुभयो । स्थानीय नागरीकले सार्वजनिक सुनुवाईमा चासो, गाउँपालिकाले गरेका काम प्रतिको लेखाजोखा राख्न नचाहेको उहाँको भनाई थियो ।
अर्धवाषर््िाक समिक्षा तथा सार्वजनिक सुनुवाईमा गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया(भाम), प्रमुख जिल्ला अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुख, राजनितिक दल, नागरीक समाज, जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, आठ वटै वडाका वडाध्यक्ष तथा सदस्य र सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस