हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर लाई १० करोड बजेट विनियोजन गर्ने मन्त्री श्रेष्ठको घोषणा

नेत्र शाही

बैशाख २, २०८१

जुम्ला। नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले हाई अल्टिच्यूट सेन्टर निर्माणका लागि क्रमागत बजेटका लागि व्यवस्थापन गर्ने घोषणा गर्नु भएको छ ।
मन्त्री श्रेष्ठले जुम्लाको पातारासी गाउँपालिका लोटचौरमा शुरु भएको हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि आगामी बर्ष रु १० करोड बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री श्रेष्ठ पातारासीको लोठचौरमा समेत अनुगमन गरेर सदरमुकाम फर्किएपछि कार्यक्रममा बजेटको समेत घोषणा गर्नु भएको हो ।

जुम्ला – रारा अल्ट्रा म्याराथनको पाँचौ सस्करणको उद्घाटनको क्रममा विश्वको अग्लो स्थानमा धान फल्ने स्थान छुमचौर नजिकै लोटचौरमा हाई अल्टिच्यूट सेन्टर निर्माण कार्य पुरा गर्न रु १० करोड बढि बजेट विनियोजन गरि क्रममा गत बजेटमा राख्ने बताउनुभयो । सरकारले कर्णालीकै गौरववको आयोजनाको रुपमा लिईएको सो का अगाडि बढाएपनि बजेट अभावले खेलमैदान ढिलाई भएको थियो ।

मन्त्री श्रेष्ठले बजेट समेत घोषणा गरेपछि जुम्लाको सपना पुरा हुने अपेक्षा भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
जुम्लामा पाचौ सस्करणको म्याराथुन प्रतियोगितामा एक किमी १० बर्ष मुनिका वालवालिका, ५ किमी, १६ बर्ष, मुनिका वालवालिका, १ किमी ज्येष्ठ नागरिक, ५ किमी व्यापारी र कर्मचारीहरुको समेत प्रतियोगिता पनि गरिएको छ ।

पातारासी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गोविन्द रावतका अनुसार हाई अल्टिच्युट ट्रेनिङ सेन्टरका लागि ३२ हजार ३४० बर्गमिटर जग्गा निशुल्क दिएका छन् ।
उहाँका अनुसार आफ्नो ६ हजार बर्ग मिटर, वडा नं ३ कै गोरबहादर रावतको २७ सय ७० बर्ग मिटर, हर्कबहादुर रावतबाट २६ सय ७० बर्गमिटर प्रदान भएको छ । यसैगरी जगराम रावतबाट २७ सय, सुर वोहराबाट २७ सय ७०, चन्द्रबहादुर रावतबाट ३४ सय १० वर्गमिटर, ऐराम रावतबाट २७ सय ५०, लाउरे वोहोराबाट १२ सय ५० वर्गमिटर रन महताराबाट ३१ हजार ५० वर्ग मिटर, गोरबहादुर बोहराबाट १८ सय ५० जग्गा प्रदान भएको छ ।

वडाध्यक्ष रावतका अनुसार कुम्म बोहराबाट ३ हजार २० बर्गमिटर जग्गा जिल्ला खेलकुद विकास समितिलाई निशुल्क उपलब्ध गराउने भएको मालपोतमा दर्ता प्रक्रिया खोल्ने बित्तिकै दर्ता तयारी भईरहेको छ । नागरिकले यति धेरै जग्गा निशुल्क दिएपछि मन्त्री श्रेष्ठले देशमा जग्गा हडपिरहेको अवस्थामा नागरिकले दिल खोलेर जग्गा दिएकाले आगामी बजेटमा सेन्टर निर्माणका लागि बजेट सुनिश्चित गरिने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस